एनआइसी एशिया बैंकका भिजा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचारमा छुट दिइएको छ।
उनीहरुलाई थाइल्यान्डको समित भेज हस्पिटलमा उपचार गराउँदा छुट दिइएको हो। बैंकले उपचारसहित विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट दिएको छ।
हालसम्म यस बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।