एनएमबि लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही समयको तुलनामा एक करोड ४२ लाख रुपैयाँले बढी हो।
अघिल्लो वर्षको पहिलो तीन महिनामा संस्थाले १० लाख १७ हजार खुद मुनाफा आर्जन गरेको थियो।
चालू आवको पहिलो तीन महिनामा लघुवित्तले कर्मचारी खर्च र अन्य सञ्चालन खर्च वृद्धिलाई नियन्त्रणमा राख्दै खराब कर्जा अनुपात घटाउँदा लघुवित्तको खुद नाफामा आकर्षक सुधार देखिएको हो।
असोज मसान्तसम्म लघुवित्तले एक अर्ब १८ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट २ अर्ब १९ करोड ९१ लाख रुपैयाँ सापटी लिएको छ।
यसबाट लघुवित्तले ३ अर्ब १८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ९९ लाख रुपैयाँ आर्जन भएको छ ।
यो अघिल्लो आवको यसै अवधिको तुलनामा १ करोड ५८ लाख रुपैयाँ धेरै हो।
१६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ ।
यस्तै जगेडा कोषमा १६ करोड २६ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३९ पैसा रहेको छ ।
यस अवधिमा संस्थाको निष्कृय कर्जा अनुपात २.७२ बाट झरेर २.२७ प्रतिशतमा सुधार हुँदा कर्जा नोक्सानी ३१ लाख २८ हजार भएको छ ।
अघिल्लो आवको प्रथम त्रैमासमा लघुवित्तले १ करोड २९ लाख कर्जा नोक्सानी वापत व्यवस्था गरेको थियो।