नेपाल स्टक एक्चेन्ज (नेप्से) सोमबार पनि घटेको छ।
आइतबार ४ अंकले घटेको नेप्से सोमबार १.३३ अंकले घटेर ११३२.४० अंकमा पुगेको हो।
यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर २४७.९८ अंकमा पुगेको छ।
१४५ कम्पनीको ६ लाख ८ हजार कित्ता शेयर कारोबार भएको सोमबार १६ करोड ४३ लाख ४९ हजारको किनबेच भयो।
शेयर घटेपनि उपसुचक भने मिश्रित देखिएका छन्।
आज सबैभन्दा बढी उत्पादन समूहको शेयर १६.४५ अंकले घटेको छ।
यस्तै फइनान्स २.३, जलविद्युत ५.११, विकास बैंक ६.७ र बैंक १.८८ अंकले घट्दा बाँकी उपसुचक भने बढेका छन्।
दिनभरीको कारोबारमा सबैभन्दा बढी जीवन बीमाको शेयर २२.५, निर्जीवन बीमाको ८.५९ तथा होटलको शेयर २.७२ अंकले बढेको छ।
आज सबैभन्दा बढी प्रभु बैंकको शेयर कारोबार भयो। प्रभुको १ करोड ८९ लाख ३७ हजारको शेयर कारोबार हुँदा त्यसपछि दोस्रोमा नेपाल बैंक लिमिटेडको शेयर ७६ लाख १८ हजारको कारोबार भयो।
दिनभरीको कारोबारमा घोडीघोडा लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाए।