एनएमबी लघुवित्त वित्तीय संस्थाले कात्तिक २४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले १५० प्रतिशत हकप्रद शेयर १ः१.५ को अनुपातमा निष्काशन गर्न लागेको हो ।
कम्पनीले २४ करोड ३० लाख रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद बिक्री गर्ने छ।
कात्तिक ७ गते बुक क्लोज गर्ने भएकाले ६ गतेसम्म शेयर किन्ने शेयरधनीले मात्रै हकप्रदमा सहभागी हुन सक्नेछन्।
हकप्रद शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।