मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कार्तिक २९ गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ।
कात्तिक ५ मा भएको माइक्रोफाइनान्स सञ्चालक समितिको बैठकले कार्तिक २९ गते साधारण सभा गर्ने भएको हो।
सभामा ५ साधारण तथा ३ विशेष सहितका ८ वटा प्रस्ताव छलफल गरि पारित गर्ने बताइएको छ।
सातौं वार्षिक साधारण सभाको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बराबरको १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने भएको छ।
यसैगरी मेरो माइक्रोफाइनान्स र अन्य उपुयक्त लघुवित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा निर्णय गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्दैछ ।
सञ्चालक समितिको बैठकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक २० गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय पनि गरेको छ ।
सोहीकारण कार्तिक १९ सम्मका शेयर धनिमात्रै साधारण सभामा सहभागी हुन सक्नेछन्।