ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवा सुरु भएको छ।
साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीचको सहकार्य बुधबारदेखि औपचारिक रुपमा सुरु भएको हो।
अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १ सय ८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालमा रहेका १५सय भन्दा बढी एजेन्टहरुमार्फत रकम प्राप्त गर्नसक्ने भएका छन्।
यी दुई बैंकबीच गत जेठ १३ गते उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा बैंक अलबिलादका महाप्रबन्धक ओमार अल हुसेनले हस्ताक्षर गरेका थिए।