लामो समयपछि शेयर बजारमा सुधार देखिएको छ।
मंगलबार २ अंकले बढेर सकारात्मक बनेको बजार बुधबा पनि निरन्तरता पायो । आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ ।
यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेर २५०.१७ अंकमा पुगेको छ।
नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन।
आज दिनभरीमा १ सय ५३ कम्पनीको ६ लाख ४ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १६ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भयो।
आज सबै उपसुचकहरु पनि सकारात्मक देखिएका छन्।
सबैभन्दा बढी आज जीवन बीमाको शेयर ४८.२८ अंकले बढ्यो भने होटल समूहको २१.५१, जलविद्युत १६.३, निर्जीवन बीमा ९.७७, माइक्रोफाइनान्स ८.३९ तथा विकास बैंकको शेयर ७।६३ अंकले बढ्यो।
दिनभरीमा सबैभन्दा बढी प्रभु बैंकको शेयर कारोबार भएको छ।
प्रभु बैंकको २ करोड ७२ लाखको रुपैयाँ बराबरको शेयर कारोबार भयो भने दोस्रोमा एनआइसी एशियाको बैंकको १ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो।
यस्तै, आज निको इन्सुरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने सबैभन्दा बढी गुमाउनेमा हिमालयन पावर पार्टनर कम्पनीका शेयरधनी छन्।