आरएमडिसी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बुधबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १२.५ प्रतिशत बराबर हुन आउने ९ करोड ९९ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोही बराबरको नगद लाभांस गरी जम्मा २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले वितरण गरिने छ।