सिद्धार्थ बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा बिहिबार काठमाडौंमा सम्पन्न भएको छ।
बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएकोे हो।
साधारण सभाले बैंकको चुक्ता पूँजी आठ अर्ब अठासी करोड छहत्तर लाख चार हजार पाँच सय चालिस रुपैयाँको १० प्रतिशत बराबरको अठासी करोड सतासी लाख साठ्ठी हजार चार सय चउन्न बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको एक अर्ब पैतिस करोड पैँसठ्ठी लाख उनन्तीस हजार एक सय चौध नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ।
असोज मसान्तसम्ममा बैंकले १ सय २४ अर्ब निक्षेप संकलन गरेको छ भने १ सय १३ अर्ब कर्जा लगानी गरेको छ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पुर्याउने उद्देश्यले बैंकले देशभर १६७ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टरसहित १०१ शाखारहित बैंकिङ सेवा, १ सय ८६ एटिएम र १ हजार सय भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैकिङ सेवा प्रदान गर्दै आएको छ।