तिहारपछि खुलेको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेर सुरु भएको छ। आज नेप्से ३.१७ अंकले घटेको हो।
११४९.४९ बाट कारोबार सुरु भएको आज ११४६.१७ अंकमा पुगेर रोकिएको छ। तर, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.०३ अंकले बढेको छ।
१ सय ५५ कम्पनीको शेयर करोबार भएको आज १ लाख ६० हजार कित्ता शेयर खरिद विक्री हुँदा २५ करोड ४३ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भयो।
आज उपसुचकहरु भने मिश्रीत देखिएको छ।
सबैभन्दा बढी उत्पादन समूहको शेयर १३.९६ अंकले बढ्यो। यस्तै होटल ६.९९, अन्य समूह २.५१ तथा विकास बैंक १.९७ अंकले बढ्दा बाँकी सबै उपसूचक घटे।
कारोबारको हिसाबले आज सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको प्रमोटर शेयरको कारोबार भयो ।
उक्त बैंकको शेयर ६ करोड ३ लाख रुपैयाँ बराबरको भयो ।
यस्तै मेगा बैंकको २ करोड २२ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भयो।
आज सबैभन्दा बढी कमाउनेमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् भने सबैभन्दा बढी गुमाउनेमा नविल इक्विटी फन्डका लगानीकर्ता छन्।