सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष पूरा गरी १६ औं बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले केक काटेर १५ औं बार्षिक उत्सव मनाइएको छ।
बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा विभिन्न कार्यक्रम पनि गरेको थियो।
बैंकले सातै प्रदेशमा ८७ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।