गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले १३.१ प्रतिशत लाभांष घोषणा गरेको छ।
मंगलबार बसेको संचालनक समितिको १ सय ५४ औं बैठकले उक्त लाभांस दिने निर्णय गरेको हो ।
संस्थाले गत वर्षको संचित मुनाफाबाट चुक्ता पूँजीको १३.१० प्रतिशत बराबर हुन आउने १२ करोड २९ लाख ६० हजार बोनस शेयर र त्यसमा लाग्ने कर भने सम्बन्धित शेयर धनीले नै बुझाउनुपर्ने निर्णय गरेको छ ।
अहिले संस्थाको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार छ।
संचालनक समितिको बैंठकले गरेको निर्णय विमा समितिबाट पारित भई आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयर लगानीकर्ताले उक्त लभांस पाउने संस्थाले जनाएको छ ।