बुधबार पनि शेयर बजारमा सुधार देखिएन। ११३९४६ अंकबाट कारोबार सुरु भएको आजको कारोबार १४४ अंकले घटेर ११३८०२ अंकमा पुगेको छ।
यस्तै, ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सुचक पनि ०.४१ अंकले घटेर २४९.७१ अंकमा पुगेको छ।
मंगलबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । १ सय ६० कम्पनीको ७ लाख ५० हजार कित्ता कारोबार हुँदा २० करोड ६२ लाख ५३ हजारको कारोबार भयो।
बजार घटेसँगै प्राय उपसुचक पनि घटेका छन्।
सबैभन्दा बढी जीवन बीमा कम्पनीको शेयर २१.३८, टे«डिङ उपसुचक १७.१६, माइक्रोफाइनान्स ४.४७ तथा म्युचुअल फन्ड ०.०२ अंकले बढेको छ भने बाँकी सबै उपसूचक घटे।
सबैभन्दा बढी उत्पादन उपसमूह ७.७६ र होटल समूह ७.६८ अंकले ओरालो गालेको छ।
कारोबारको हिसाबले सबैभन्दा बढी प्रभु बैंकको कारोबार भयो। प्रभु बैंकको ४ करोड ३६ लाख ७५ हजारको भयो भने नविल बैंकको भने १ करोड ३ लाख ६७ हजार रुपैयाँको कारोबार भयो।
आजको कारोबारमा सबैभन्दा बढी साल्ट ट्रेडिङका लगानीकर्ताले कमाएका छन्। महालक्ष्मी विकास बैंकका लगानीकर्ताले भने आज सबैभन्दा बढी गुमाए ।