ग्लोबल आइएमई बैंकले ओखलढुङ्गा जिल्लामा नयाँ शाखा संचालनमा ल्याएको छ।
बुधबार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, रमाइलो डाँडा बजारमा बैंकले नयाँ शाखा संचालनमा ल्याएको हो। उक्त शाखा संचालनसँगै बैंकको कार्यालयहरुको संख्या १४९ पुगेको छ।
यो बैंकले १४९ वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर, १५० एटिएम तथा १९३ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्पmत सेवा दिदैं आइरहेको छ।
त्यस्तै, बैंकले भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथै १५ लाखसम्मको विना धितो कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।