सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल क्लियरिङ हाउस (एनसिएचएल)सँग सम्झौता गरेको छ।
सिटिजन लाइफले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई एनसिएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेगरी सम्झौता गरेको हो।
सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।
एनसीएचएलसँगको साझेदारीले डिजिटल इन्स्योरेन्स सेवामा पनि आफ्नो उपस्थिति गर्न मद्दत पुग्ने सिटिजन लाइफ इन्स्योरेन्सको अपेक्षा छ।
एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा प्रव्रद्धित कम्पनी हो।