ज्योती लाइफ इन्स्योरेन्सले बीमितको घरमै गएर जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।
बीमित स्व. जनक केसीको घरमै पुगेर दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम रु २० लाख र बोनस बापतको रकम रु ५५ हजार गरी कुल दाबी भुक्तानी रकम रु २० लाख ५५ हजारको चेक कम्पनी लिमिटेडका क्षेत्रिय प्रवन्धक मोहन पुरीले मृतकका पिता गुमान सिं केसीलाई हस्तान्तरण गरेको छ।