काठमाडौंको भृकुटीमण्डपमा ‘बैकिङ, बीमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ।
२ दिने सो प्रदर्शनीको आज नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरे। बैंक, बीमार पुँजी बजारसम्वन्धी जानकारी तथा लाभ लिन सबै उद्योगी, व्यवसायीहरुलाई उनले आग्रह गरे।
बैंक तथा वित्तिय संस्थाका सबै जानकारीहरु एकैथलोमा पाउने भएकाले यसबाट उद्योगी व्यवसायीहरुले ठूलो लाभ लिन सक्ने उनको भनाइ छ। गभर्नर नेपालले आर्थिक गतिविधि अघि बढाउन आयोजना गरिएको प्रदर्शनीमा कम सहभागिता भएको भन्दै गुनासो गरे।
प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएका छन। स्टल राखेका संस्थाहरुले आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा अवलोकनकर्तालाई जानकारी दिने छन्।
तस्वीर: नारायण महर्जन/सेतोपाटी