गत हप्ता सामान्य सुधार सँगै बन्द भएको शेयर बजार आइतबार पून घटेर सुरु भएको छ। ११३५.९५ अंकबाट आइतबारको कारोबार सुरु भएपनि ४.५९ अंकले बजार घटेर ११३१.३६ अंकमा पुगेर बन्द भयो।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ०.९३ अंकले घटेर २४९.१३ अंकमा पुग्यो।
दिनभरिमा ३५ करोडको मात्रै कारोबार भयो। १६३ कम्पनीको ११ ला ६७ हजार कित्ता शेयर किनबेच भएको आइतबार ३५ करोड ५१ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।
उपसूचकहरु पनि ओरालो लागेका छन्। आइतबार सबैभन्दा बढी उत्पादन समूहको कारोबार घटेको छ। उत्पादन उपसमूहको १०३.५३ अंकले घट्यो।
यस्तै, होटल ५१.६९, निर्जीवन विमा २६.६४, जीवन विमा १३.१५ अंकले घटेको छ। तर, ट्रेडिङ उपसूचक २७.०९ तथा अन्य उपसूचक २.५१ अंकले बढ्को छ।
अइतबार शिवम् सिमेन्टको शेयर कारोबार सबैभन्दा बढी भयो। सिमेन्टको ४ करोड ४ लाख ३४ हजार रुपैयाँको कारोबार हुँदा दोस्रोमा एनआइसी एशियाको ३ करोड ९३ लाख ६२ हजार बराबरको कारोबार भयो।
आज सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडिङका लगानीकर्ता छन्। यस्तै, सबैभन्दा बढी गुमाउनेमा सिवम् सिमेन्टका लगानीकर्ता छन्।