प्रभु बैंकले मोरङ जिल्ला प्रशासन कार्यालयमा काउन्टर संचालनमा ल्याएको छ।
बिहीबार मोरङका प्रमुख जिल्ला अधिकृत मदन भुजेलले उक्त एक्टेसन काउन्टरको उद्धघाटन गरे।
एक्टेन्सन काउन्टरमा रकम जम्मा गरी ग्राहकले सहजरुपमा जिल्ला प्रशासन कार्यालयको काम गर्नसक्ने बैंकले बतायो।
प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटिएम, ३६ वटा एक्स्टेन्सन काउन्टर तथा १९ वटा शाखारहित बैंकिङ सेवामार्फत् बैंकिङ सेवा प्रदान गरेको छ।