अष्ट्रेलिया जाने व्यक्तिले माछापुच्छ्रे बैंकको शाखाबाट सजिलै अष्ट्रेलियन डलर पाउने भएका छन्।
यो बैंकले अष्ट्रेलियन डलर नगद आयात गरेर ग्राहकलाई विक्री शुरु गरेको छ।
अहिले बजारमा अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न यस्तो सुविधा प्रादन गरेको बैंकले बतायो।
नेपाल राष्ट्र बैंकले तोकेअनुसार पार्सपोर्ट, भिसा र कन्फर्म एयर टिकट ल्याउने ग्राहकलाई काठमाडौंभित्र रहेका शाखामार्फत् उक्त सुविधा दिइएको हो।
बैंकले काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँ बानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट डलरको व्यवस्था गरेको छ।
माछापुच्छ्रे बैंकले आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ सेवा गरी २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएममार्फत् सेवा दिदैं आएको छ।