ज्योति विकास बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २ लाई १५ थान ब्यारियर गेट सहयोग गरेको छ।
गढिमाई मेलाको समयमा हुने भीड व्यवस्थापनको लागि बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गरेको हो।
प्रदेश नं २ नेपाल ट्राफिक प्रहरीको पथलैया कार्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका एसपी योग बहादुर पालको उपस्थिति रहेको थियो।
गढिमाई मेलालाई लक्षित गरी वितरण गरिएको ब्यारियर गेट प्रदेश नं २ भरिको अन्य कार्यक्रमहरुमा उपयोगी हुने ट्राफिक प्रहरी कार्यालयले बताएको छ।
ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।