सनराइज बैंकले सुनसरीस्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरे।
हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४६ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ।