प्रभु बैंकले बिहीबारबाट सर्लाही जिल्लाको बयलबासमा आफ्नो १९९औं शाखा संचालनमा ल्याएको छ।
बैंकको बयलबास शाखा कार्यालयको उद्धघाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले गरेका हुन्।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारीलगायतकोे उपस्थिति रहेको थियो।
उक्त कार्यालयबाट गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह हुँदा त्यहाँका स्थानीयलाई सहज हुने बैंकले विश्वास लिएको छ।