यो हप्ता शेयर सुचक १९.१३ अंकले बढेको छ।
पाँच दिन कारोबार भएको बजारमा सोमबार बाहेक सबै दिन सकारात्म रह्यो।
आइतबार १११२ अंकबाट कारोबार सुरु भएको शेयर सुचक बिहीबार ११३१.९२ अंकमा पुगेर रोकियो। बजार खुल्ने साताको अन्तिम दिन मात्रै शेयर सुचक ७.४५ अंकले बढ्यो।
बिहीबार १ सय ६८ कम्पनीको कारोबार हुँदा ३५ करोड ८८ लाख ३९ हजार रुपैयाँको कारोबार भयो।
नेप्से सुचक सकारात्मक भएसँगै उपसूचकमा पनि हरियाली देखिएको छ। आज उत्पादन उपसूचक बाहेक सबै उपसुचक बढेका छन्।
सबैभन्दा बढी जीवन विमाको शेयर १५३.२१ अंकले बढेको छ। यस्तै, निर्जीवन बीमा ७१.९९, माइक्रोफाइनान्स २४.५५, ट्रेडिङ १६.३७ र होटल १६.४७ अंकले बढेको छ।
बिहीबार नेपाल लाइफ इन्सुरेन्सको शेयर सबैभन्दा बढी ३ करोड ५१ लाख ३१ हजार र एनएमबी बैंकको शेयर २ करोड २२ लाख रुपैयाँको कारोबार भयो।