लक्ष्मी बैंकले आफ्नो १२०औं शाखा झापाको काँकडभित्तामा संचालनमा ल्याएको छ।
यो शाखामार्फत बैंकले साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
बैंकको संजाल ४८ जिल्लामा १२० शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४५ एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।
लक्ष्मी बैंकले आफ्नो सेवा अझ व्यापक बनाउने विश्वास लिएको छ।