मंगलबार शेयर बजरामा २.४८ अंकको सुधार देखिएको छ। ११४९.१ अंकबाट कारोबार भएको नेप्से सूचक ११५१.३६ अंकमा पुगेर रोकिएको हो। आइतबारदेखि लगातार बढीरहेको शेयर बजारलेमंगलबार पनि निरन्तरता पाएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३३ अंकले सुधार हुँदै २५३.५० अंकमा पुगेको छ।
१ सय ७० कम्पनीको १६ लाख ५३ हजार ४ सय ९० कित्ता शेयर किनबेच भएको मंगलबार दिनभरिमा ४९ करोड ८४ लाख ९८ हजारको कारोबार भयो।
बजारमा दिनभरि नै उतारचढाब देखियो। बजार खुलेको पहिलो आधा घण्टामा ९अंकले बढेको सूचक लगत्तै अर्को आधाघण्टामा ११ अंकले घट्यो। त्यसपछि सुधार देखिएको सूचक दिउँसो ११५५ अंकमा पनि पुगेको थियो। त्यसपछि पुन घटे पनि अन्तमा सामान्य सुधार हुँदै बजार बन्द भयो ।
आज उपसूचकहरु पनि मिश्रित देखिएका छन्। सबैन्दा बढी होटल समूहको सूचक २८.१८ अंकले बढ्दा टे«डिङ २३.७६ तथा जीवन बीमाको सूचक ९.१४ अंकले बढ्यो।
यस्तै, अन्य उपसूचक ११.२३, उत्पादन उपसूचक ८.५७, जलविद्युत ४.५२ र निर्जीवन बीमा २.९५ अंकले घट्यो।
कारोबारको हिसाबले सबैभन्दा अघि माछापुच्छ्रे बैंक देखिएको छ।
माछापुच्छ्रे बैंकको ७ करोड ५३ लाखको कारोबार हुँदा दोस्रोमा एनएमबी बैंकको ३ कारोड ८५ लाख र तेस्रोमा कृषि विकास बैंकको शेयर २ करोड ७९ लाख बराबरको कारोबार भयो।
आज सबैभन्दा बढी नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले कमाए भने सबैभन्दा बढी गुमाउनेमा अरुण काबेली पावर कम्पनीका लगानी कर्ता छन्।