आइतबार शेयर बजार घटेको छ। गत साता ४० अंकले बढेको शेयर बजार यो हप्ता भने घटेर सुरु भएको छ। आज ४.७८ अंकले घटेर शेयर सूचक ११६७.८६ अंकमा पुगेर रोकिएको छ।
तर ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.०८ अंकले बढेर २५५.६७ अंकमा पुगेको छ।
१ सय ७२ कम्पनीको २० लाख ७२ हजार कित्ता शेयर किनबेच भएको आइतबार ६८ करोड ६० लाखको कारोबार भएको छ।
शेयर बजार बढेपनि उपसूचक भने घटेका छन्।
आज टे«डिङ १५.९२, बैंकिङ २.८२ र अन्य सूचक २.९२ ले बढ्यो भने बाँकी सबै सूचक घटेका छन्। सबैभन्दा बढी जीवन बीमाको शेयर १५१.९२, होटल ४३.२१, निर्जीवन बीमा ३३.५३ तथा माइक्रोफाइनान्स ३६.२८ अंकले घटेको छ।
आइतबार सबैभन्दा बढी एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ। एनएमबी बैंकको ६ करोड ३७ लाख १५ हजारको कारोबार भयो भने नेपाल बैंक लिमिटेडको शेयर ४ करोड ५४ हजारको कारोबार भयो।
यस्तै, स्वाबलम्बन लघुुवित्त वित्तीय संस्थाको शेयर ३ करोड ८५ लाखको कारोबार भयो।
आज राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्।