सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर शाखाले बीमा दाबी वापत १ करोड ५० हजार रुपैयाँ भुक्तानी गरेको छ।
कपिलवस्तु ४ वाणगंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका बिमित स्व. सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई चेक हस्तान्तरण गरिएको हो।
बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्त रुपमा चेक हस्तान्तरण गरे।
बुटवल १३ बेलबास निवासी स्व. पौडेलले १५ वर्षे बीमा अन्र्तगत ५० लाखको बीमा गरी पहिलो किस्ता बुझाएको थियो।
३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी कार्तिक ५ गते निधन भएको थियो।