सनराइज बैंकले रसुवास्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ।
आइतबार आयोजित उद्धघाटन कार्यक्रममा भन्सार कार्यलयको प्रमुख पुन्य विक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्धघाटन गरे।
सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावा दोर्जे तामाङ्गले एटिएमको उद्धघाटन गरे।
हालसम्म सनराइज बैंकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४७ वटा एटिएममार्फत सेवा दिदैं आइरहेको छ।