नेपाल क्लियरिङ हाउस (एनसिएचएल)ले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ।
कनेक्ट आरटिजिएस प्रणाली जडान गरी एनसिएचएलले २४ बैंकमार्फत आरटिजिएस प्रणाली कार्यान्वयनमा ल्याएको हो।
आरटिजिएस प्रणालीमा भुक्तानी कारोबारहरु प्रविष्ट गर्न तथा बैंकको बैंकिङ्ग सिस्टमसँग अटोमेटेड गर्न बैंकहरुले कनेक्ट आरटिजिएसलाई गेटवेको रुपमा प्रयोग गर्ने छन्।
अधिकांश बैंकहरुले आरटिजिएस कार्यान्वयनका लागि एनसिएचएललाई इन्टिग्रेसन पार्टनरको रुपमा नियुक्त गरेका थिए।
जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङ्गका लागि आवश्यक सिस्टमहरु तथा स्वसंचालन सम्बन्धी एनसिएचएलले बैंकहरुलाई सहयोग गरेको छ।
आरटिजिएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तीय संस्थाहरुबीच गरिन्छ।
आरटिजिएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणाली हो।
नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटिजिएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्वपूर्ण कोशेढुङगाको रुपमा लिइएको छ।