सांग्रिला डेभलप्मेन्ट बैंक लिमिटेडको मंगलबार १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
उक्त साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गरेको छ।
साथै लेखापरीक्षण प्रतिवेदनसहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ।
सभाले चालू आर्थिक वर्ष २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ।
सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सयको ८.९५९३% (कर सहित)ले हुन आउने तेईस करोड पैंतीस लाख सैंतीस हजार दुई सय छयानब्बे रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ।
यो बैंकको ८९ शाखा कार्यालयहरु, २६ एटिएम संचालनमा छन्।