मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो।
बेलकाको सरस्वती आधारभुत विद्यालय एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो वितरण गरे।
चिसोका कारण विद्यार्थीहरु विद्यालय जाननसक्ने अवस्था नआओस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैंकले बताएको छ।
गत साता पनि मेगा बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिकालाई ब्याल्याङ्केट वितरण गरेको थियो।