नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको छ। मृत्यु भएकाले जीवन बीमा भुक्तानी गरेको हो।
स्व. दंगालले २०७६ असार ३१ गते रु ५० लाखको दोहोरो दुर्घट्ना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गरेकोमा कार्तिक ४ गते निजको दुर्घट्ना कारणबाट मृत्यु भएकोले बीमा भुक्तानी गरेको हो।
स्व. दंगालले को इच्छाइएको व्यक्ति निजको धर्मपत्नी श्रीमती सुष्मिता थपलिया (दंगाल) लाई बीमा दावी वापत एक करोड तीन लाख पन्ध्र हजार रूपैयाँको चेक विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले हस्तान्तरण गरे।