कुमारी बैंकले देव विकास बैंकलाई गाभ्ने भएको छ। बुधबार एक कार्यक्रमका बीच कुमारी बैंकले देव विकास बैंकलाई गाभ्ने सम्झौता भएको हो।
राष्ट्र बैंकले पछिल्लो समय विग मर्जरमा जोड दिइरहेको थियो।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत मर्जर तथा प्राप्तीमा जान चाहने बैंकलाई विभिन्न सुविधा समेत दिएको छ।
ठूलो मर्जरको चर्चा चलिरहेको कुमारी बैंकले अन्तमा देव विकास बैंकलाई गाभेको छ।
मर्जरका लागि बैंकको श्वाप रेसियो १००ः८६ निर्धारण गरिएको छ। अब कुमारी बैंकको सय रुपैयाँ प्रतिकित्ता बराबर देव विकास बैंकको ८६ रुपैयाँ हुनेछ।
दुई बैंकबीच लामो सयमसम्म चल्दै आएको छलफल पछि उक्त सम्झैता भएको बैंकले जनाएको छ।
अहिले कुमारी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ भने देव विकास बैंकको ३ अर्ब १७ करोड छ।