बैंकहरुमा तरलता कमी भएसँगै बढेको शेयर सूचक सोमबार भने घटेको छ। सोमबार दिनभरिमा २६.५४ अंकले घटेर शेयर सूचक १३१७.११ अंकमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ४.८६ अंकले घटेर २८३.५३ अंकमा पुगेको छ।
आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ।
आइतबार २ अर्ब ९ करोडको कारोबार भएकोमा आज १ अर्ब ९७ करोड ३ लाख रुपैयाँ बढीको करोबार भयो। १ सय ८२ कम्पनीको ५८ लाख ४६ हजार कित्ता शेयर कारोबार भयो।
कारोबार अंकका आधारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको अगाडि देखिएको छ। डिस्टिलरीको २० करोड ९ लाखको कारोबार भयो भने, नेपाल क्रेडिट एन्ड कर्मशिएल बैंकको १३ करोड ३२ लाखको कारोबार भयो।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, एनआइसि एशिया, शिभम् सिमेन्ट लगायतका कम्पनीको आज उच्च कारोबार भएको छ।
आज सबै उपसूचकहरु घटेका छन्। सबैभन्दा बढी जीवन बिमा समूहको शेयर १५४.६५ अंकले घट्दा निर्जीवन बिमा समूहको शेयर ११६.३१ अंकले घट्यो। यस्तै, विकास बैंक ५२.८७, होटल ६४.०९, उत्पादन समूह ७१.९१ तथा माइक्रोफाइनान्स ५७.८८ अंकले घटेका छन्।