ग्लोबल आइएमई बैंक लिमिटेडकाे दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन्।
बैंकले काठमाडौंकाे टोखा नगरपालिक, बालुवापाटीमा र कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका, गुरुद्वारा रोडमा नयाँ शाखा संचालनमा ल्याएको हो।
दुई नयाँ शाखाको संचालनसँगै बैंकको शाखा कार्यालयको संख्या २६९ पुगेको छ।
यससँगै बैंकको ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ सेवा छ।