यो साताको शेयर सूचक घटेर सुरु भएको छ। आइतबार सूचक २०.७९ अंकले घटेर १२७६.६८ मा पुगेर रोकिएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ४.१ अंकले घटेर २७४.६२ अंकमा पुगेको छ।
१ सय ५४ कम्पनीको शेयर खरिद बिक्री भएको आज ९६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो।
कारोबार अंकसँगै आइतबार सबै उपसूचक पनि घटेका छन्। सबैभन्दा बढी निर्जीवन बिमाको शेयर १५१.७४ अंकले घटेको छ। यस्तै, जीवन बिमा १२४.९९, माइक्रोफाइनान्स २६.८१, उत्पादन २६.०५, विकास बैंक १८.९६ तथा बैंकिङ १८.४५ अंकले घटेको छ।
कारोबार अंकको आधारमा आज डिप्रोक्स लघुवित्त वित्तीय संस्था सबैभन्दा अघि छ। डिप्रोक्सको ८ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ।
यस्तै दोस्रोमा ६ करोड ४५ लाख रुपैयाँको कारोबार हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ भने तेस्रोमा रहेको ग्लोबल आइएमइ बैंकको ६ करोड २९ लाखको कारोबार भयो।
आज जोशी हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा जानकी फाइनान्स कम्पनीका लगानीकर्ता छन्।