प्रभु बैंकले म्याग्दी जिल्लाको बेनी नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ।
उक्त एक्स्टेन्सन काउन्टरको उद्धघाटन आइतबार म्याग्दीका प्रमुख जिल्ला अधिकृत ग्याननाथ ढकालले एक समारोहकाबीच गरे।
प्रभु बैंकले २०५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम ४५ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवामार्फत सेवा दिदैं आएको छ।