मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना आँखा शिविर संचालन गरेको छ।
शिविरमा २ सय ७५ जनाले आँखा जाँच गराएका छन्।
नेपाल नेत्रज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले उक्त आँखा शिविर संचालन गरेको हो।
मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशका विभिन्न भागमा विविध कार्यक्रम गर्दै आएको बताएको छ।