मंगलबार शेयर परिसूचक ५५२ अंकले बढेर १३०६१५ अंकमा पुगेको छ।
शेयर परिसूचक सँगै कारोबार रकम पनि बढेको छ।
आज दिनभरिमा १ अर्ब ४० करोड ४ लाखको कारोबार भयो। दिनभरिमा १ सय ७८ कम्पनीको ३७ लाख ३९ कित्ता शेयर खरिद बिक्री भएको थियो।
तर ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने आज घटेको छ। सेन्सेटिभ सूचक ०.४८ अंकले घटेर २७८.६७ अंकमा पुगेको छ।
उपसूचकहरु पनि आज मिश्रीत देखिएका छन्। निर्जीवन बीमा १५९.२८, जीवन बीमा १४१.३३ र लघुवित्त उपसमूहको परिसूचक ४२.५८ अंकले बढेको भएपनि, व्यापार उपसमूहको परिसूचक २३.५६ र होटल उपसमूहको परिसूचक ३९.४२ अंकले घट्यो।
आज कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंकको सबैभन्दा अघि देखिएको छ। ग्लोबल आइएमई बैंकको मंगलबार ९ करोड ९५ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो। त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ९९ लाख ११ हजार रुपैयाँको शेयर कारोबार भयो।