सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ।
सो शाखाको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन्।
उक्त शाखाको उद्धघाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननिय पृथ्वी सुब्बा गुरुङ, सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ, संचालक प्रकाश तायल, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, गण्डकी प्रदेश अन्तर्गत सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो।
सिभिल बैंकको गण्डकी प्रदेशमा यस शाखा समेत गरी १२ शाखा तथा नेपालभर कुल शाखा संख्या १०३ पुगेको छ।