नेपाल बंगलादेश बैंकले बुधबार कमलादीस्थित आफ्नो कार्यालयबाट मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्याप वितरण गरेको छ।
मेरुदण्डीय पक्षघात समूह नेपालले शुक्रबार शहिद दिवसको अवसरमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वीलचियर दौड प्रतियोगितामा संलग्न सहभागीलाई क्याप वितरण गरेको हो।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले सो संस्थाका संयोजक राजेन्द्र खनाल र कोषाध्यक्ष झरना रानालाई मायाको चिनोस्वरूप क्याप हस्तान्तरण गरेका हुन्।
मेरुदण्डमा चोट लागि अपाङ्गता भएकालाई उत्प्रेरणा मिल्ने भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।