नेपाल पुर्नबीमा कम्पनीले प्राथमिक सेयर निश्कासनको स्वीकृत पाएको छ।
कम्पनीले कुल १ करोड ६० लाख कित्ता साधारण सेयर निश्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो। कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको साधारण सेयर जारी गरेर पुँजी जुटाउनेछ।
कुल १० अर्ब पुँजी रहने यस कम्पनीले १६ प्रतिशत साधारण सेयर जारी गर्न लागेको हो। बीमा कम्पनीहरूको पनि जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो स्वदेशी कम्पनी स्थापना भएको हो।
यो कम्पनी स्थापना भएपछि पुर्नबीमाका लागि बाहिरिने रकमको केही हिस्सा स्वदेशमै रहन थालेको छ।
बीमा समूहको यस कम्पनीको सेयर निश्कासनको बिक्री प्रवन्धकमा राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ।