मेगा बैंक नेपालले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ्स अकाउन्ट’ नामक बचत योजना ल्याएको छ।
सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ्स अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो।
न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको बैंकले बताएको छ।
यस योजनामा ग्राहकलाई ५० हजार रुपैंयासम्मको मेडिकल बीमा गरिएको छ भने ७ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ।
यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो बर्ष निःशूल्क रुपमा उपलब्ध गराइने बैंकले बताएको छ।
नेपालभित्रका जुनसुकै बैंकका एटिएमबाट रकम झिक्न पनि निःशूल्क व्यवस्था गरिएको छ। यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरु समेटिएका बैंकको भनाइ छ।
मेगा बैंकका देशभरका १ सय ११ वटै शाखाबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने छ।