महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड’ पाएको छ।
यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरेको थियो।
महिन्द्रा एक्सयूभी ३०० ले जनवरी महिनामा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो। जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर रहेको कम्पनीले बताएको छ।
यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म सञ्चालित भारतका सुरक्षित कार अभियान अन्तर्गत परीक्षण गरिएका कुनै पनि कारहरूमध्ये सवारी साधनमा रहनेहरू सबैका लागि एकीकृत रुपमा पाएको सर्वाधिक सुरक्षा रेटिङ हो।
ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको प्रतिस्पर्धा सुरु गरेको थियो।