सिटिजन्स बैंकले बिहीबारबाट थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ।
बैंकले मोरंगको कन्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु संचालनमा ल्याएको हो।
उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो।
नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ।
बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु सहज रुपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सिटिजन्स बैंकले ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ एकाईहरुबाट सेवा दिदैं आएको छ।