सनराइज बैंकले नँया कर्जा योजना ‘सन्राइज सरल एसएमई कर्जा’ संचालनमा ल्याएको छ।
उक्त योजनाअन्तगर्त ग्राहकले कर्जा लिन आवश्यक सबै कागजात बैंकमा पेश गरेको २४ घण्टामै कर्जा दिने व्यवस्था मिलाइएको छ।
साे व्यवस्थाअनुसार ग्राहकले एक करोड रुपैयाँसम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्ने बैंकले बताएको छ। त्यसैगरी, बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केही छुट प्रदान गर्ने बताएको छ।
यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निःशूल्क क्रेडिट कार्डको सुविधा लिनसक्ने छन्।
बैंककाअनुसार देशका विभिन्न स्थानमा रहेका १३० शाखाहरूबाट उक्त सुविधि लिन सकिनेछ।