बैंकहरूले ग्राहकलाई आकर्षित गर्न विभिन्न सुविधाहरु ल्याउन थालेका छन्। पछिल्लो समय बैंकहरूका बीचमा प्रतिस्पर्धा बढ्न थालेसँगै सुविधाहरु पनि थपिन थालेका छन्।
दिर्घकालीन बचत जम्मा गर्न एउटा उपाय मुद्दती खाता पनि हो। त्यसैले बैंकहरु आफ्ना ग्राहकका लागि सुविधा थपेर मुद्दती खातामा आकर्षित गरिरहेका छन्।
बैंकर्स संघमा भएको भद्र सहमतिअनुसार बैंकहरूले ब्याजदर बढाउँदैनन्। उक्त सहमति अनुसार बैंकहरुले ९.२५ प्रतिशतसम्म ब्याज दिन्छन्। तर, बैंकका कुनै पनि शाखा प्रमुखले बढीमा ०.५० प्रतिशतसम्म ब्याजदर थपिदिन सक्छन्।
त्यसैले प्राय सबै बैंकले मुद्दती खातामा बढीमा ९.७५ प्रतिशतसम्म ब्याज दिन्छन्। सबैले एउटै ब्याजदर दिने भएपछि अरूभन्दा फरक देखिन बैंकहरूले अन्य आकर्षक सुविधा थप्ने गरेका हुन्। यसरी सुविधा थप्नेमा सबैभन्दा अगाडि एनआईसी एसिया बैंक देखिएको छ। बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा बीमा सुविधा दिँदै ग्राहकलाई आकर्षित गरिरहेको छ।
चमत्कारिक भनिएको उक्त मुद्दती खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा दिँदै आएको छ। बैंकका अनुसार न्यू सुपर चमत्कारिक मुद्दती खातामा व्यक्तिगत खाता खोलेकै भरमा उक्त सुविधा दिएको हो।
के के छन् एनआईसी एसिया बैंकका चमत्कारिक फाइदा?
यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकले जीवनमा आइपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रूपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउने छन्। यो बीमा सुविधाअन्तर्गत खातावालको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिइएको छ।
यस्तै, १८ घातक रोगहरुको लागि १० लाखसम्म र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा समेत दिइँदै आएको छ।
यसैगरी ग्राहकको बहिरंग (ओपिडी) उपचार गर्नु परेमा २० हजार रूपैयाँसम्मको सुविधा छ। यो २० हजार डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सकिनेछ।
ग्राहक सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रूपैयाँसम्म बीमाबाटै खर्च प्रदान गर्नेछ। यो सबै खर्चऔषधि उपचार बीमा अन्तर्गत बैंकले नै भुत्तानी गर्दै आइरहेको छ।
विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेको बैंकले दावी गरेको छ।
एनआईसी एसिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेको बैंकको दावी छ।
२१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ। तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गरिदिन्छ। जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रुपैयाँ बचत गर्न सक्नेछन्।