एनआइसी एसिया बैंकका ग्राहकले अस्ट्रेक वाल क्लाइम्बिङमा विशेष छुट पाउने भएका छन्।
बैंक र अस्ट्रेक क्लाइम्बिङ वालबीच सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको हो।
उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरे।
बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ।
बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५० प्रतिशत छुट हुनेछ। उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ। यो समझदारीले यस खेलमा रमाउन चाहनेलाई लाभ मिल्ने बैंकको भनाइ छ।
बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहकको अधिकतम लाभका लागि यो योजना ल्याएको हो।
बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीले विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
विभिन्न ख्यातिप्राप्त अस्पताल, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहकले यो सुविधा सजिलै प्राप्त गर्न सक्नेछन्।
ग्राहक महानुभावहरूले मर्चेन्टहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न यस बैंकको वेबसाइट www.nicasiabank.com मा हेर्न सक्नेछन्।
आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा यस बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५० एटिएम, १०६ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्दै आएको छ।
यो मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो।
करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद छन्।
बैंकले वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।