बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरी अनामनगरमा १० प्रतिशत छुट दिने सम्झौता भएको छ।
बिओकेको मोबाईल बैंकिङ र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा उक्त छुट दिने सम्झौता भएको हो।
सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गरे।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा दिदैं आएको छ।